समाचार

यि दुई पाकिस्तानी मिलेर के गरे यस्तो, प्रहरी नै पर्यो दंग

काठमाडौं, असार २०  ।  महागरीय अपराध महाशाखाले चोरी कार्यमा संलग्न दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२३ झोँसेमा राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको डेभिस मेट्रो मनी एक्चेन्जमा पैसा साट्ने बहाना पैसा चोर्ने पाकिस्तानका ३२ वर्षीय मोहसीन खान र ३१ वर्षीय पूजा मोहसीन खानलाई भक्तपुरबाट पक्राउ गरेको हो।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले रकम साट्ने बहानामा ९०० अमेरिकन डलर, तीन हजार साउदी रियाल र एक हजार ४०० चिनियाँ आरएमभी चोरी गरेर फरार रहेकाले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए।

पक्राउ परेकाले वैशाखमा भक्तपुर सूर्यविनायकमा रहेको रामकृष्ण श्रेष्ठले सञ्चालन गरेको आरके इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सेन्टरबाट रु ३० हजार नेपाली, लोकन्थलीमा शान्तकृष्ण हेकाले सञ्चालन गरेको मासु पसलबाट ७० हजार र बुटवलमा शारदा वाग्लेले सञ्चालन गरेको राइजिङ स्पोर्टसबाट रु एक लाख ५० हजार चोरी गरेका थिए। दुवै जनालाई वैशाखमा महाशाखाको टोलीले पक्राउ गरी रु ५०÷५० हजार धरौटीमा छुटेका व्यक्ति भएको महाशाखाले जनाएको छ। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *