समाचार

२ दिन देखि हराइरहेका १२ बर्षीय सबिन मृत भेटिए, आमा बेहोस परिवारमा रुवाबासी !

लाद तिमल्सिना : बाराको निजगढ नगरपालिकामा एक बालकको शव फेला परेको छ । गत शनिबार निजगढबाटै सम्पर्क विहीन भएका १२ वर्षिय बालक सोमवार बिहान मृ*त अवस्थामा फेला परका हुन। निजगढ नगरपालिका वडा नं.१२ कुलिया घर भई हाल वडा नं.८ खयरघारीमा डेरा गरि बस्दै आएका शंकर घिमिरेका छोरा सविन घिमिरे शनिवार दिउँसो करिब २ः३० बजेबाट सम्पर्क बिहीन थिए ।

साईकल लिएर घरबाट बाहिर निस्केका उनी सम्पर्कमा नआए पछी परिवारले प्रहरीलाई खबर गरेको थियो । उनै बालकको शव घरबाट करिब आठ सय मिटर पर रहेको बकैया खोलामा फेला परेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक बिक्रम लामाका अनुसार दिउसो केही स्थानियले उनको शव स्थानीयले देखें पछि प्रहरीलाई खवर गरेका थिए ।

भित्री बस्त्रमा मात्रै फेला परेको सबिनको शव आजै पोष्ट मार्टमका लागि रौतहटको चन्द्रनिगाहपुर अस्पताल पठाईएको र मृ*त्युको कारण पोष्टमार्टम पछी मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ । मृतक सबिनका बाबु भने बैदेशिक रोजगारीमा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *