समाचार

विराटनगरमा अधिकारकर्मीको घरमा चोरी

विराटनगर / दलित अधिकारकर्मी उमेश विश्वकर्माको विराटनगर महानगरपालिका–४ स्थित घरमा शनिबारराति चोरी भएको छ । घरमा कोही पनि नभएको अवस्थामा मुल गेटको ताला फुटाएर चोरी भएको चाल पाएपछि छिमेकीले विश्वकर्मालाई घटनाका बारेमा जानकारी दिएका हुन् । गैर सरकारी संस्था महासंघका केन्द्रीय सचिव समेत रहेका विश्वकर्मा १० दिनदेखि कामको शिलशिलामा काठमाडौंमा थिए । प्रहरीले विश्वकर्माको घरमा रहेको डेढ तोला सुनका गरगहना, नौ हजार रुपैयाँ नगद, प्रभु बैंकको चेकबुक लगायतका सामान चोरी भएको जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले घटनामा संलग्नको पहिचान भइनसकेको र प्रहरीले गम्भीर रुपमा अनुसन्धान थालिसकेको जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *