समाचार

ओखलढुंगामा पनि विभिन्न प्रजातिका विरुवा रोपेर ‘वृक्षरोपन अभियान’ सुरु गरियो

ओखलढुंगा, १४ असार । ओखलढुंगामा आज (शनिबार)बाट वृक्षरोपन अभियान सुरु भएको छ । डिभिजन वन कार्यलय ओखलढुंगाले नेपाल सरकारको निर्णय अनुसार राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर यस अभियानको सुरुवात गरेको हो । जिल्लाको सिद्धिचरण नरपालिका १२ स्थित बकुन्दे सामूदायिक वनमा विभिन्न प्रजातिका १ सय वटा विरुवा रोपेर अभियानको सुरुवात गरिएको डिभिजन वन कार्यलय ओलखढुंगाका प्रमुख भरतबाबु श्रेष्ठले बताउनुभयो । नेपाल सरकारको तीन वर्षमा ३ करोड विरुवा रोप्ने योजना अनुसार ओखलढुंगामा पनि वृक्षरोपन सुरु गरिएको श्रेष्ठको भनाइ छ ।

वृक्षरोपन अभियानमा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले मसलाको विरुवा रोपेर शुभारम्भ गर्नुभयो । उहाँले नेपाल सरकारको लक्ष्य अनुरुप विरुवा रोपेर हराभरा नगर बनाउने लक्ष्यलाई सार्थकता तुल्याएको बताउनुभयो । सदरमुकाम नजिकैको बकुन्दे सामूदायिक वन क्षेत्रमा कल्की, धुपी सल्ला, मसला, टाकी र लप्सी जातका १ सय थान विरुवा रोपिएको छ ।

अभियानको सुरुवाती चरण भएकाले एक स्थानमा मात्र विरुवा रोपिएको बताउदै आगमी दिनमा जिल्लाका अन्य वन क्षेत्रमा समेत उपभोक्ता समिति मातहतमा रहेर वृक्षरोपन गरिने डिभिजन वन कार्यलयका प्रमुख श्रेष्ठले बताउनुभयो । गत असार ८ गते नेपाल सरकारको मन्त्री परिषद बैठकले एक नागरिक एक विरुवा राप्ने निर्णय गरेकाले सोही अनुसार वृक्षरोपन कार्यक्रमको सुरुवात गरिएको उहाँको भनाइ छ ।

सरकारले वृक्षरोपन गरी हरियाली बढाउने र फलफूलमा आत्मानिर्भर बनाउने उदेश्यले वृक्षरोपन अभियानको थालननी गरेको छ । यसलाई आगामी दिनमा अन्य क्षेत्रमा समेत विभिन्न प्रजातीका फलफूल तथा विरुवाहरु रोपेर सरकारको लक्ष्यलाई सार्थक तुल्याउने लक्ष्य रहेको डिभिजन वन कार्यालय ओखलढुंगाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *