समाचार

एसइईमा ‘ए प्लस’ नआएको भन्दै सदिक्षा र सलिनाले संसार छोडे !

१५ असार २०७६ काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईमा आफूले सोचे जस्तो नतिजा नआएपछि दुई किशोरीले आ**त्महत्या गरेकी छन्।अर्घाखाँची जिल्ला सन्धिखर्ककी सदिक्षा पौडेल र झापा बुधबारेकी सलिना ढकालले आ**त्महत्या गरेकी हुन्।सदिक्षाले झुण्डिएर आ**त्महत्या गरेकी हुन् भने सलिनाले गरी आ**त्महत्या गरेकी हुन्।अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका– घर भएकी सदिक्षाले काठमाडौँ चन्द्रागिरि नगरपालिका–१२ बलम्वु दूरसञ्चार श्री बलम्वु माविबाट यस वर्ष एसइई परीक्षा दिएकी थिइन।

परिवार लाई उद्धृत गर्दै महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शङ्कर खड्काले एसइईमा ए प्लस नतिजा नआएपछि आ**त्महत्या गरेको हुन सक्ने जानकारी दिएका छन् । उनले एसइईमा जिपिए ३.६ ल्याएकी थिइन् ।झापा बुधबारेस्थित बाल्मिकी स्कुलबाट एसईई परीक्षामा सहभागी भएकी सलिना पनि आफूले सोचे जस्तो रिजल्ट नआएपछि विष सेवन गरी आ**त्महत्या गरेकी परिवारले जनाएको छ ।परिवारका अनुसार सलिना कक्षामा राम्रो विद्यार्थी थिइन् । कक्षामा कडा परिश्रम अनि राम्रो तयारीका साथ परीक्षा दिएकी सलिना ‘ए प्लस’का लागि ढुक्क थिइन् ।

परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको रिजल्टमा सलिनाले २.८१ जिपिए अर्थात् बि ग्रेड पाएकी थिइन ।त्यसको भोलि पल्ट बोर्डले प्राविधिक कमजोरीले पुरै रिजल्टमा त्रुटि भएको सूचना प्रकाशित गरी रिजल्ट सच्याएका थिए । सच्याइएको सो रिजल्टमा मृतक ढकालले ३.७५ जीपिए अर्थात् उनले सोचे अनुरूप ए प्लस ग्रेड पाएको उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *