समाचार

भागदौडमा १५ जनाको मृत्यु

अन्तनानारिभो / म्याडागास्करको स्वतन्त्रता दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै अरु ७५ जना घाइते भएका छन् ।म्याडागास्कर प्रहरीका अनुसार म्याडागास्करको ५९औं स्वतन्त्रता दिवसका अवसरमा महामसिना रंगशालामा भागदौड मच्चिएको थियो ।म्याडागास्करका राष्ट्रपति आन्द्रे रजोलिना र आमन्त्रित मुख्य अतिथि रुवान्डाका राष्ट्रपति पल कागामे उक्त समारोहमा उपस्थित हुनुहुन्थ्यो । उहाँहरु दुबैले राष्ट्रपति निवासमा आयोजित पत्रकार सम्मेलनमा घटनाप्रति दुःख प्रकट गर्नुभएको छ । राष्ट्रपति रजोलिनाले घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ ।केही महिना पहिले पनि महामसिना रंगशालामा यस्तै भागदौड मच्चिदा केही व्यक्तिको मृत्यु भएको थियो । गत वर्ष सेप्टेम्बर ९ मा यही रंगशालामा आयोजित म्याडागास्कर र सेनेगलबीचको फुटबल प्रतियोगितामा भागदौड मच्चिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *