समाचार

पोखरामा भारतीय गाडीको दादागिरी , पाँच सवारीमा ठक्कर , तीन जना घाइते

पोखराको लेकसाइडमा चार वटा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । भारतीय नम्बर प्लेटको गाडीले तीन वटा मोटरसाइकल, एक स्कुट र एक ट्क्यासीलाई ठक्कर दिदा तीन जना घाइते भएका हुन् । ति मध्ये एक जनाको अवस्था गम्भीर छ भने दुई जना सामान्य छन् ।एच आर ०९ एल ००० ९ नम्बरको गाडीले पोखराको हल्लनचोकमा तीन वटा मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा अन्य सवारी साधन र पैदल यात्रीलाई पनि ठक्कर दिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।

उनले चालकले मदिरा सेवन गरी जथाभावी सवारी चलाउदा दुर्घटन भएको देखीको बताए । भारतको दिल्लीबाट पोखरा घुम्न आएका थिए । घाइतेहरुको पोखराकै मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ ।भारतीय गाडीलले तीन वटा मोटरसाइकललाई ठक्कर दिए पछि भाग्ने क्रममा भागेको थप एक ट्रयाक्सी, स्कुटर, पैदलयात्री र गाईलाई समेत ठक्कर दिएको थियो ।गाडीको ठक्करबाट भएको दुर्घटनामा ३ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ । गाडीको ठक्करबाट पोखरा १८ भकुण्डेका ८३ बर्षीय पद्म बहादुर गुरुङ गम्भिर घाइते भएका हुन् ।

उनको पोखराको मेट्रोसिटी हस्पिटलमा सघन कक्ष (आइसियू) मा उपचार भैरहेको छ ।गाडीको ठक्करबाट पोखरा गगनगौडाका पैदलयात्री ५२ बर्षीय मुकुल ढकाल र ग १६ प ९९५९ मोटरसाइकल चालक पोखरा २३ का ३३ बर्षीय इश्वर नेपाली घाइते भएका छन् ।उनिहरुको मेट्रो सिटी हस्पिटलमा उपचार भैरहेको छ ।अर्घाखाँची घर भई भारत बस्दै आएका अजय बरालले चलाएको भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिएको हो । गाडी चालक र गाडीलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा छ ।गाडीले ग१५प ८६२६ नम्बरको स्कुटर, ग७प १३४७ नम्बरको मोटरसाइकल, ग१६प ९९५९ मोटरसाइकल, ग१३प १५२ नम्बरको मोटरसाइकल र ग१ज २७८६ नम्बरको ट्याक्सिलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *