समाचार
धरानमा गोली हानेर कर्मचारी लुट्ने २ जना लुटेरा हतियार सहित पक्राउ
धरान / हतियार देखाएर लुटपाट गर्ने दुई जना लुटेराहरूलाई प्रहरीले पक्राउ गरेको छ । २ थान पेस्तोल र २६ राउण्ड गोलीसहित उनीहरुलाई प्रहरीले मध्यरातमा पक्राउ गरेको हाे । इलाका प्रहरी कार्यलय धरानले रातभर अप्रेशन गरेर उनिहरू लाइ पक्रन सफल भएकाे छ ।
केहि दिन अगाडी उनीहरूले धरान उपमहानगरपालिका ५ स्थित साउनेमा जीवन विकास लघु वित्त संस्थाका कर्मचारी शम्भु गच्छदारलाई गोली हानी गम्भीर घाइते बनाई ४ लाख १० हजार नगद लुटेका थिए ।
पक्राउ परेका दुबै जनलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान गरिरहेको सुनसरीका सुनसरीका एसपी यज्ञविनाद पोखरेलले बताए ।
धरानमा हतियारधारी समूहले मर्निङवाकमा हिँडिरहेका महिलाहरूको गलामा लगाएको सुनको सिक्री लुट्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई गोली प्रहार गरी लुटपाट गर्ने गर्न थालेपछि स्थानीय त्रसित भएका छन्।




