समाचार

गृह मन्त्रालयका गाडी जथाभावी पार्किङ : ट्राफिक प्रहरीले लगाए लक

काठमाडौं । गृह मन्त्रालयको गाडीमा ट्राफिक प्रहरीले लगाए लक लगाएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले सडकमा पार्किङ गरेरा राखिएको बा २ झ ४३८८ नम्बर प्लेटको गृह मन्त्रालयको गाडीमा लक लगाएका हुन् । अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर राखेका बेला प्रहरीले सो गाडीमा लक लगाएका हुन् । प्रहरीका अनुसार पार्किङ गर्न निषेध गरिएको ठाउँमा गाडी राखिएको थियो । थुप्रै गाडी पार्किङ गरेकाे तर प्रहरीले २ गाडीमा लकलगाएकाे स्राेतले जनाएकाे छ ।

ट्राफिक प्रहरीले यो गाडी गृह प्रवक्ताको भएको बताएको थियो तर, मन्त्रालयका अधिकारीहरूले भने यो गाडी उनको नभएको दाबी गरेका छन् । गाडी लक गरेपछि ती प्रहरी गृह मन्त्रालयको ठाडो निर्देशनमा महाशाखा बाेलाइएका र त्यहाँबाट उनलाई महाशाखाले धन्यवाद दिएर कार्यक्षेत्रमा पठाएको थियाे । मन्त्रालयको बा२झ ४३८८ र अर्काे बा२झ ३४६ नम्बरको गाडी कारबाहीमा परेकाे जनाइएकाे छ ।
ट्राफिक प्रहरीले लक गरिदिएको गाडी गृह मन्त्रालयअन्तर्गतको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको रहेको खुलेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *