समाचार

ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सप्तरीको सुरुङ्गा नगरपालिका–१ हस्पिटल चोकमा ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा आज एक जनाको मृत्यु भएको छ । कदमहा–गाईघाट सडकखण्डअन्तर्गत सुरुङ्गा नगरपालिका–१ हस्पिटल चोकमा रोकिराखेको स।१त। ५००२ नंको ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा उदयपुर त्रियुगा नगरपालिका–३ बस्ने ३२ वर्षीयको प्रवीण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सप्तऋषि अस्पताल लहानमा पठाइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । ट्र्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *