खेलकुद
कोपा अमेरिका : कतारमाथि सानदार जित निकाल्दै अर्जेन्टिना क्वाटरफाइनलमा
एजेन्सी । गए राति कोपा अमेरिका अन्तर्गत भएको खेलमा कतारलाई हराउदै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । उक्त समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले कतारलाई २(० ले हराउदै समूह ‘बी’ उपविजेता बन्दै दोस्रो चरण प्रवेश गरेको हो । खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र सर्जियो अगुएरोले एक एक गोल गरे ।
खेलको चौथो मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल गर्यो । खेलको ८२ औं मिनेटमा अर्जेन्टिनाका सर्जियो अगुएरोले गोल गरे ।
उनले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दै अर्जेन्टिनाको जित पक्का गरेका हुन् । जितसँगै अर्जेन्टिना समूह ‘बी’को उपविजेता बनेर क्वार्टरफाइनल प्रवेश गरेको छ । अर्जेन्टिना तीन खेलमा एकमा हार, एकमा बराबरी र एकमा जित निकाल्दै ४ अंक बनाएर अर्को चरण पुगेको हो ।





