समाचार

संखुवासभा चैनपुरमा अवस्थित सिद्धकाली मन्दिरकाे मुर्ति तोडफोड

संखुवासभा / संखुवासभाको चैनपुरमा रहेको चर्चित धार्मिक शक्तिपिठ सिद्धकालीको शीवको मन्दिर सोमबार बिहान तोडफोड भएको छ । शीव मन्दिरमा पूजा आरधना गर्न आएका भक्तजनले शिवको मुर्ति तोडफोड गरेर फ्याकिएको अवस्थामा देखेका थिए । मन्दिरको प्राङगणमा शिव लिङ्ग, घण्टीहरु, पूजा सामाग्री छरिएको र साढे (बसाह)को मुर्ती समेत भत्काएको स्थानीयले बताए ।

घटनाको सत्य तथ्य बाहिर ल्याउन तीर्थवर्त गर्न आएका श्रद्धालु महिला भक्तजनहरुले माग गरेका छन् । चैनपुर नगरपालिका ३ का वडाध्यक्ष बलबहादुर अधिकारी, प्रहरी चौकी र स्थानीयको सहयोगमा मूर्ति र पूजाका सामाग्रीलाई मन्दिरमा राखेर नियमित पूजा सूचारु गरिएको छ ।

वि.स. १८७४ मा स्थापना भएको सिद्धकालीमा सत्यदेवीको दायाँ आँखा पतन भएको पुराणमा उल्लेख छ । २०२८ सालको बालाचर्तुदशीको रात मन्दिरमा रहेको देवीको दायाँ आँखा लगायत महत्वपूर्ण मूर्तिहरु चोरी भएको पुजारी टंकनाथ महन्तले बताए । मन्दिरमा ४७ वर्ष पछि अर्को घटना घटे पछि स्थानीयवासी आश्चर्यमा परेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *