समाचार

विश्वकै दुर्लभ कोहिनुर हीरा, के अब सार्वजनिक होला त ?

काठमाडौं । विश्वमै दुर्लभ मानिएको कोहिनुर हीरा के अब आमनेपालीले अवलोकन गर्न पाउलान् रु राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पशुपतिनाथको कुल भेटी आम्दानी नगद, जिन्सी सार्वजनिक गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएपछि यो कौतुहलता बढेको छ ।

पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष एवं हाल प्रदेश ३ सभा सदस्य नरोत्तम वैद्यका अनुसार वि।सं। २००२ को जयबागेश्वरी तहबिलको एक अभिलेखमा यो हीरा रहेको र जयबागेश्वरीका सबै गरगहना पशुपतिनाथ मूल ढुकुटीमा भिœयाउने क्रममा हीरा पनि ढुकुटीमै रहेको अनुमान छ । नाथको मन्दिरको मूल ढुकुटीमा के कति धनमाल के कस्तो अवस्थामा छ भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन ।

एक दशकअघि यकिन गर्ने प्रयास भए पनि सर्वोच्च अदालतले २०६६ पुस २७ गते उत्प्रेषणयुक्त परमादेश जारी गर्दै ढुकुटी खोल्न रोकेको थियो । पशुपतिनाथ भण्डार तहबिलको पछिल्लो अभिलेखअनुसार नाथको ढुकुटीमा २०१९ सालयता नौ किलो २७६।६४ ग्राम सुन र ३१६ किलो ५८६ ग्राम चाँदी दाखिला छ तर २०१९ सालअघिको अभिलेख भने छैन । मन्दिरको ढुकुटीमा प्रवेश गर्न अनुमति पाउने नाथका विसट नाइके अरुण श्रेष्ठका अनुसार २०१९ सालअघिको अभिलेख तत्कालीन कौसी तोषाखानासँग हुन सक्छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *