अ+
अ
अ-
दोहा । कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वषर्को गर्मी महिनाका लागि पछिल्लो बर्षहरु झै काम गर्ने समय तोकेको छ । खुल्ला कार्यक्षेत्रमा काम गर्ने कामदारहरुमा जून १५ देखि अगष्ट ३१ सम्मका लागि काम गर्ने समयसिमा तोकेको हो । खुल्ला कार्यक्षेत्र वा घाममा काम गर्न पर्ने कामदारहरुको लागि मात्र लागु हुने मन्त्रालयले जनाएको छ । यस्ता कार्यक्षेत्रमा काम गराउने कम्पनीले दिउँसो ११ः३० बजे देखि अपरान्ह ३ बजे सम्मका लागि काम बन्द गर्नपर्नेछ। साथै कार्य समय तालिकाको सूचनापत्र कामदारले र श्रम निरिक्षकले निरिक्षण गर्न आएको बेला सजिलै देख्नेगरि टासिएको हुनुपर्ने समेत मन्त्रालयले जनाएको छ । नियम उल्लघंन गर्ने कम्पनीलाई कम्तीमा १ महिना सम्मको लागि बन्द गर्ने चेतावनी समेत दिएको छ ।



