धरानमा नियन्त्रण बाहिर डेंगु , संक्रमितको संख्या ७७ पुग्याे

अ+
अ
अ-

धरान / धरानमा डेगु रोगीको संख्या दिनदिन बढ्दै गएको छ । शुक्रबारसमम ६० जनामा डेंगुको संक्रमण भेटिएकोमा दुई दिनको अवधिमा थप १७ जना थपिदै यो संख्या ७७ पुगेको छ । डेंगु नियन्त्रणभन्दा बाहिर आएपछि धरान उपमहानगरपालिका र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्तमा शुक्रबार मात्र गठन भएको ¥यापिड रेस्पोन्स टिम गम्भीर बन्दै छलफल यसको नियन्त्रणमा लागि गम्भीर बन्दै गएका छन् ।

रेस्पोन्स टोलीका सदस्य एवम् धरान उपमहानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख रामबाबु यादवले अहिले डेंगु रोगीको संख्या ७७ पुगेको बताउनुभयो । उहाले यी विरामीमध्ये १३ जना धरान १० मा रहेको विजयपुर अस्पतालमा उपचार भइरहेको र अन्यको बीपी कोइराला स्वास्थ्य विज्ञानमा उपचार भइरहेको बताउनुभयो । यी मध्ये केही विरामी ठीक भएर घर फर्किसकेको समेत उहाले जानकारी दिनुभयो ।

डेंगुको प्रकोप बढेसंगै विहीबार धरान उपमहानगरपालिकामा प्रजिअको अध्यक्षतामा जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेपछि बनेको रेस्पोन्स टिमले यसको नियन्त्रणमा गम्भीरतापूर्वक लाग्ने जनाएको थियो । सोही अनुरुप डेंगो नियन्त्रणका लागि प्रतिष्ठानले दिएको दुई वटा फगिङ्ग मेसिनले डेंगो नियन्त्रणमा प्रयाप्त नभएपछि धरान उपमहानगरपालिकाले आफै खरिद गरेर चारवटा फविङ्ग मेसिन समेत ल्याएको छ । तर पनि डेंगो नियन्त्रण भन्दा बाहिर रहेको छ ।

रेस्पोन्स टोलीले धरान १३, ८, १५ लगायतका स्थानमा स्थलगत अनुगमन गर्दा पानी सञ्चय गरेर राखिएको घरमा डेंगको अण्डा, लार्भा समेत फेला पारेको थियो । अब यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरामा रेस्पोन्स टोली गम्भीर भएको स्वास्थ्य प्रमुख यादवले बताउनुभयो । धरानमा डेंगु नियन्त्रणभन्दा बाहिर गएपछि अहिले रेस्पोन्स टोलीले गम्भीरता देखाउदै यसको नियन्त्रणमा कसरी जाने भन्ने विषयमा गम्भीर छलफल भइरहेको स्वाथ्य प्रमुख यादवले बताउनुभयो ।