अ+
अ
अ-
पाँचथर / पाँचथरको फिदिम नगरपालिका-१० चिलिङदिन हेवा खोलामा करेण्ट लगाई माछा मार्ने क्रममा करेण्ट लागेर शनिवार १ जनाको मृत्यु भएको छ । अपरान्ह ५ बजेको समयमा ४ जनाको समूहमा हेवा खोलामा जेनेरेटर फिट गरेर माछा मार्न खोलाभित्र पसेका हिलिहाङ गाउँपालिका-७ टारी वस्ने वर्ष २८ को मदन भन्ने बल बहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरि शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको उक्त कार्यालयले जनाएको छ ।



