समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा पदमको गयो ज्यान
काठमाडौ भक्तपुरमा टिपरले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पदमबहादुर श्रेष्ठ रहेका छन्। मंगलबार भक्तपुर सूर्यविनायक नगरपालिका–९, नलिनचोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
बा ४ ख ५६७१ नम्बरको टिपरले ३–०२–००३ प १२६६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। सोहि स्कुटरले टिपरलाई ओभरटेक गर्ने कर्ममा दुर्घटना भएको हो । प्रहरीका अनुसार र अस्पताल ल्याएकोमा श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो।


