समाचार

भिर बाट लडेर सीताकुमारी को मृत्यु

बाजुरा / शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको खप्तड छेडेहद गाउँपालिका–६ की सीताकुमारी पाध्याय रहेकी छन् । गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्न गएको बेला चिप्लेर भिरबाट लड्दा उनको घटनास्थमै मृत्यु भएको उनका दाजु दिल्ली पाध्यायले जानकारी दिनुभयो । उनी वडिमालिका नगरपालिका–१ पिनालेखमा रहेको जाल्पादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *