समाचार

भद्रकाली अगाडि राँगाको ९ ड्रम रगत पोख्ने ९ जना पक्राउ

काठमाडौं । राजधानीको भद्रकालीमा प्रदर्शनको क्रममा राँगाको ९ ड्रम रगत बगाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रगत पोख्ने कार्यमा संलग्न मोहन शमशेर राणा नेतृत्वको हिन्दराष्ट्र स्वयंमसेवक दलका राणासहित ९ जनालाई पक्राउ गरेको हो ।

राणा नेतृत्वको हिन्दराष्ट्र स्वयंमसेवक दलले निकालेको जुलुसको क्रममा प्रदर्शनकारीले ड्रममा बोकेका राँगाको रगत धमाधम पोख्न थालेपछि हस्तक्षेप गरेको थियो । उनले पक्राउ परेकाहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *