समाचार

फलको राजा आँप र हाम्रो स्वास्थ्यघातक रसायनहरु हाली पकाएको आँप यसरी चिनौं

बर्षाको बेला हामी बजार भरी जताततै पहेलाृ आँप देख्न सक्छौं । अझ काठमाण्डौंको प्रत्येक गल्ली चौकमा , भरी थरीका जातका आँप साइकलमा बोकेर बेच्न बसेका , डुलाइरहेका बिक्रेता भेटिनु नौलो कुरा भएन । हेर्दे रहर लाग्दा आँपक किनु र खाउँ जस्तो लाग्छ पनी । तर कति लाई मधुमेह भएको कारण आँप खान डर पनि लाग्छ । तीनले सोच्ने गर्छन गुलियो आँपमा, प्रशस्त चीनी पो छ । अझ कोहि त आँप खाएर मोटाउने अनी कोही सोचलान आँप खाएर जीउको तौल घटाउने । चल्तीमा रहेको शब्द मिल्क सेक, म्याँगोसेक, पहेलो रंगको यो परिकार हेर्देमा खाँउ खाँउ लागी हाल्छ । यसले शरीरमा तागत दिन्छ, प्यास मेटाउँछ भोक पनि मेटाउँछ । प्राज्ञ ऐतिहासिक अभिलेख अनुसार  भारत को रैथाने यो फल यसको खेती आज भन्दा २५– ३० लाख बर्ष अघि सर्व प्रथम भारत को उत्तर पूर्व राज्य, बंगलादेश, म्यानमार, नेपाल, पाकिस्तानमा गरिदै आएको छ । फलको राजा भनीने आँप को बर्णन हिन्दु धर्म ग्रन्थमा पनि यसका गुणवारे उल्लेख गरको पाइन्छ । अरु फल भन्दा ।

आँपको सेबनबाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु निम्न अनुसार बर्णन गर्न सकिन्छ । हाम्रो शरीरका रोग प्रतिरोधक प्रणाली राम्रो हुनु राम्रो स्वस्थ्यको लागि आवश्यक मानिन्छ । आँपमा प्रशस्त मात्रामा पाइने भिटामिन–सी, भिटामिन –ऐ तथा २५ विभिन्न खाले कयारोटेन्वाइडसले हाम्रो रोग प्रतिरोधक प्रणालीलाई स्वस्थ्य राख्छ ।

क्यान्सरको रोकथामका सहयोगी

हामी सबैलाई थाहा भएकै कुरा हो क्यान्सर , घातक तथा उपचार असम्भव रोग हो । यो निको पार्न सकिन्न तर प्रचलित भनाइ छ रोगको उपचार गर्न गराउन भन्दा रोकथाम नै बेश यो सामान्य भनाई मात्र हैन अस्वीकार्य तथ्य पनि हो । आँपमा पाइने क्युरसेटिन, आइसो क्युरसेटिन, अस्ट्रागालीन, फिसेटिन, स्गालीक एसीड, मिथाइल गाल्लेट, साथै प्रचुर मात्रामा पाइने इन्जाइमस तथा एण्टीअक्सीडेन्ट हरु ले (कोलन), ठूलो आन्द्रा ,बक्षस्थल तथा रक्त क्यान्सर हुन बाट बचाउन सहयोगी हुने गर्द छन ।

कोलेस्ट्रोल न्युन गराउने

आँपमा उच्च तहमा (फाइबर ) रेसा भिटामिन –सी, पेकटीन पाइने हुँदा यीनले रक्त झोल (सिरम ) मा कोलेस्ट्रोल को मात्रा खास गरी कम घनत्वको लिपोप्रोटिन जुन साँच्चीकै शरीरको लागि घातकलाई न्यूनीकरण गरी दिन्छ ।

छाला चिटिक्क पार्छ

छालाको रुप रंग बोर केटिहरु मात्र हैन केटाहरु पनि खास गरी गर्मी बर्षाको बेला सजग हुने गर्दछन् । यसै बेला को लागि यो बेला आँप उपलब्ध छ , छालाको छिद्र सफा गर्नुका साथै डण्डीफोर, कालो दाग हटाउन ।

मद्युमेह नियन्त्रण

जब हामी आँपको बर्णन गर्दछौं हामी कसरी आँपको पातको गुणकारी विशेषता बिर्सन सकौला त ? आँपको पातमा शरीरको रंग तमा इन्सुलीन नियमन गर्ने क्षमता हुने गर्दछ । आँपको पातलाई उमालेर रातभरी ढाडिने दिने अनी छनिको झोल बिहानी पख सेवन गर्दा मद्युमेह नियमन गर्न सघाउ पु¥याउँछ । आँप भिटामिन –ई को उत्तम श्रोत मानिन्छ । जसको सेवनले यौनिक क्षमतामा अभिवृद्धि गराउँछ । राम्रो स्वास्थ्यको लागि पाचन प्रणाली दुरुस्त मानिन्छ । आँपले शरीर खानेकुरा पच्ने पचाउने उत्पन्न हुने बिकार दिशाको रुपमा बिसर्जन गर्ने क्षमता विकास गराउँछ पनी । बर्षे गर्मी हाम्रो शरीर र मस्तीष्कका लागि लु को रुपमा कति घातक हुन्छ हामी सवैलाई थाहा छ ।

तर काँचो आँपको रस पानी चीनी मिसाएर बनाएकै संवतले हाम्रो शरीरको तापक्रम त घटाउँछ नै साथे लु बाट घातक असरवाट बचाउँछ पनी । राम्रो आँखाकाृ ज्योतिको लागि भिटामिन – ए को आवश्यकता पर्दछ । एक कप आँपको केस्राले हाम्रो शरीरलाई दैनिक चाहिने भिटामिन – ए को २५ प्रतिशत आपुती गराउँछ जसले हाम्रो क्षारीम सन्तुलन मृगौलाले नियमित गर्दछ । जसले पिसाववाट बाइकार्वोनेटका कण विर्सजनको नियमन गर्दछ । आँपमा पाइने टारटारीक एसीड, मस्लीकएसीड अनी न्युनमात्रा उपलब्ध सिट्रिक एसीडले शरीरमा क्षरिम तत्वको भंडारराामा मदत गर्दछ । ठिक्क मात्रामा आँप सेवन गर्नाले शारीरिक तौल घटाउन मदत गर्छ । आजको बोक्रामा पाइने वनस्पति जन्य रसायनले शरीरमा अनावश्यक बोसो पगाल्न मदत गर्छ । आँपमा पाइने आहार जन्य रेसाले पेट टन्न भएको अनुभुति गराउँछ । जसले गर्दा लामो समय सम्म भोक लाग्दैन । जसले गर्दा तयार हामीलाई बजारमा उपलब्ध कटयाङग कुटुङग खाले तयारी खाना प्रति रुची हुँदैन । त्यसैले आँप फलहरु को राजा भनिएको हो ।

कार्वाइडले पकाएको आँप स्वास्थ्यको लागि धेरै नोक्सान दायक हुन्छ । यस घातक रसायन पाँचन तन्त्र सम्बन्धी समस्याहरुका साथ साथै कैन्सर जस्तो खतरनाक रोगहरुको कारण बन्न सक्त छ । जहिले पनि तपाई बजारबाट आँप किन्न जाँदा आँप बारे केहि कुरा विचार गर्नु होला । यसबाट तपाईलाई थाहा हुन्छ कि आँप कृत्रिम तरीकाले पकाएको हो कि होइन ।

आँप नक्कलि हुँदैन तर तिनलाई आकर्षक बनाउनका लागि कार्वाइड नामक रसायन प्रयोग गरी यसलाई पहेँलो रंगको बनाइन्छ । यसले गदाृ यो साच्चीकै पाकेको जस्तो देखिन्छ । यो कार्वाइड नामक रसायन स्वास्थ्यका लागि धेरै नै खतरनाक हुन्छ ।

यसरी गरौ पहिचान

स्वादमा भिन्नता, कार्वाइडबाट पकाएको आँपको स्वाद सामान्य रुपबाट पाकेको आँप बाटो मिठो मिठो सुगन्ध आउँछ र स्वाद धेरै मिठो हुन्छ । त्यहि अर्कोतीर रसायनले पकाएको आँप छेउबाट काचौ अनि बीचमा मिठो हुन्छ । प्राकृतिक रुपले पाकेको आँप पुरै पहेलो हुँदैन । यीनको रंग अलिकति हरियो अलिकति पहेंलो र थोरै सुनौलो हुन्छ । त्यहि कार्वाइड हाली पकाएको आँप एकदम गाढा पहेलो हुन्छ । कार्वाइड राखी पकाएको आँप चाँडै नै कालो हुन्छ । यसलाई धेरै दिन भण्डारण गर्न सकिदैन । त्यहि प्राकृतिक रुपले पाकेको आँप चाँडै कालो हुँदैन र यी आँपहरुलाई केहि दिनसम्म ताजा राख्न सकिन्छ । आँप किन्नु भन्दा पहिलो त्यसलाई डुवाएर हेर्नुस । पानीमा डुवाउा जुन आँप एकदम तल गएर बस्यो भने त्यो प्राकृतिक रुपले पाकेको हुन्छ र जुन आँप सतहमा नै रहयो भने त्यो कार्वाइडले पकाएको हुनेछ । यस्तो आँप किन्नबाट बच्नुस् ।

क्यालसिय कार्वाइडमा भएको आरसेनिक र फासफोरस पानीले धुँदा जादैनन् । यो शरीरमा गएर मसष्किलाई हानी पु¥याउँछ । यसले गर्दा टाउको दुख्ने पेट र छातिमा जलन हुन्छ । कार्वाइडमा एउटा घातक रसायन हुन्छ जसको सेवन गर्नाले कैन्सर जस्तो खतरनाक रोग लाग्न सक्तछ । यसबाट शरीरका क्यौं अंगहरुलाई नोक्शानी पु¥याउँछ । कार्वाइडमा अवस्थित लैकटोज रसायनहरुको कारण मृगौलाको काम गर्ने तरीकामा असर पर्दछ । यसबाट मृगौला सम्बन्धी समस्या हुन सक्तछ । यसको सेवनले प्यास लाग्ने कमजोरी र थकाइ महशुश हुने स्मरण शक्ति कम हुने छ तथा शरीर सुन्निने जस्ता समस्याहरु पनि हुन सक्तछ । कार्वाइड युक्त आँपले गर्भवति महिलाहरु गर्भमा भएको बच्चाहरुमा विभिन्न खाले विकार उत्पन्न हुन सक्तछ । रसायन हालेर पकाएको आँपको सेवन गर्नाले बान्ता हुने र बेचैनी हुने जस्ता क्यौं समस्याहरु हुने छन् । यस्ता आँप कुनै दयालु गुनी राजा हैन बरु एक खाले क्रुर तानाशाह जस्तो हुनेछ । यसैले उपभोक्ताहरुले बेलैमा सहज हुनु आफ्नो स्वास्थय सुरक्षाका लागि उचित हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *