समाचार
प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु
दाङको तुलसीपुर उपमहानगरपालिकामा बिहीबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । पहलो चरणमा उपमहानगरपालिकाका १९ वटा वडाबाट छसय जनालाई रोजगार प्रदान गरिएको बिहीबार सो कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख पाण्डेले जानकारी दिनु भयो । कार्यक्रमको शुभारम्भ गरेपछि कामदारहरुसँग सामूहिक तस्वीर खिचाउँदै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र उपप्रमुख मायाँ आचार्य । तस्वीरः नारायणी रजौरे




