समाचार

सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा लिक भएर आगलागी : सात जना घाइते, एक जनाको अबस्था गम्भीर

बारा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिण्डर लिक भएर लागेको आगोले जलेर सात जना घाइते भएका छन्। कुमायाँ ब्लोनको घरमा सिलिण्डर लिक भएर आगो लाग्दा उनको परिवारका चारजनासहित सात जना घाइते भएका हुन् ।

घाइते सबैको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भइरहेको प्हरीले जनाएको छ ।घाइते मध्ये एकको अवस्था गम्भीर रहेको बताइउको छ ।सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा आगो लागेको घाइते सुकुमायाँ ब्लोनले बताएकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *