समाचार

खाना पकाउने ग्यास लिक भएर आगलागी, एकै परिवारका ४ सहित ७ जना घाइते

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४, डुमरवानास्थित स्याउली बजारमा ग्यास लिक हुँदा भएको आगलागीबाट एकै परिवारका चारसहित सात जना घाइते भएका छन् । स्थानीय सुकुमाया ब्लोनको घरमा खाना पकाउने एलपी ग्यासको सिलिण्डरबाट ग्यास लिक हुँदा भएको आगलागीमा परेर ७ जना घाइते भएका हुन् । घाइते सबैको सिमरास्थित अल्पाई अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १ को अवस्था गम्भीर छ ।

प्रहरीकाअनुसार आगलागीमा परेर घाइते भएका ६७ वर्षीय नजरमान थिङ, ज्ञानीमाया भनिने २८ वर्षीया सुकुमाया ब्लोन, ३१ वर्षीय बौद्धमान थिङ र ३२ वर्षीया अनीता थिङ एकै परिवारका हुन् । त्यसैगरी, स्थानीय ५२ वर्षीया दीलमाया वाईबा, २८ वर्षीया सुनमाया ब्लोन र २६ वर्षीया कमलीमाया पनि घाइते भएका छन् । घाइतेमध्ये स्थानीय दीलमायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *