समाचार
इटहरीकाे बदनाम गरेको भन्दै काग्रेसको पत्रकार सम्मेलन, मेयरको गरिमा नराखे कडा कदम चाल्ने चेतावनी
इटहरी । इटहरी उपमहानगरपालिकाको प्रमुख द्धारिकलाल चौधरीले उपमहानगरकै बदनाम गरेको भन्दै पदको मर्यादा राख्न चेतावनी दिएको छ । नेपाली काग्रेस इटहरीले पत्रकार सम्मेलन गदै इटहरीको मेयरको गरिमा नराखे कडा कदम चाल्ने चेतावनी दिएको हो । प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सील विधेयक संसदमा दर्ता नगराउँन माग समेत गरेको छ ।
मेयर निरङकुस तिर लागेको भन्दै काग्रेसले आपत्ती जनाएको हो । अंगभगं गराउँन सम्मको धम्की दिएको भन्दै सुपारी नै दिएको प्रत्ति हाम्रो आपत्ती हो नेपाली काग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले भने ।
शासक हुँ भन्दै अदालत र प्रहरी सम्म मान्दिन भन्दै अलोकतान्त्रिक गतिविधि नगर्ने हाम्रो चेतावनी हो सभापति पौडेलले भने । क्यामरा बन्द गरेर कुटपिट पत्रकार लोपार्ने काम तत्काल बन्द गर्न माग गरेको हो ।
मेयरले गरेको भ्रष्टाचार विरोधी काममा काग्रेसको सहयोग गर्ने काग्रेसले बताएको छ । सभापति पौडेलले भने मेयरले खानेपानीको छानविन तत्काल गर्ने समेत माग गरेको छ । काग्रेसले जारी गरेको विज्ञप्तीमा भनेको छ भ्रष्टाचार विरोधी काममा हाम्रो साथ छ ।
