समाचार
भिडियो रिपोर्टमा हेर्नुहोस् रंगशालाको लफडामा को सही को गलत ? यस्तो छ बास्तविकता, धुर्मुस–सुन्तलीका कुरा जस्ताको त्यस्तै
चितवन । चितवनको रामपुरमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण रोकिएको छ । बाटो चौडा हुनुपर्ने माग राख्दै स्थानीयले रंगशाला घेरिएको जस्तापाताको बार भत्काइदिएपछि सुरक्षाको कारण देखाउँदै धुर्मुस सुन्तली फाउण्डेशनले काम रोकेको हो । जस्तापाताको बार भत्काएपछि यस प्रकरणका विभिन्न अन्तर्यहरु एकपछि अर्को गर्दै बाहिर आइरहेका छन् ।
घटनापछि डोजर लगाएर बार भत्काउनेहरुको चौतर्फी भत्सना भयो । सबैले त्यो गलत कार्य भने । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस र उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले पनि यसबारे मिडियामा आफ्ना कुरा राखे । सो क्रममा धुर्मुस र सुन्तलीका कतिपय अभिव्यक्ति विवादित बने ।

मिडियाले धुर्मुस र सुन्तलीका कुरा मात्रै प्रवाह गरेको भनेर आयोजना प्रभावित स्थानीयको गुनासो रह्यो । त्यसपछि उनीहरुका कुरा पनि क्रमशः बाहिर आउन थाल्यो । यसै क्रममा ७ दिनपछि हामीले घटनाको चिरफार गर्ने प्रयत्न गरेका छौं ।हामीले यस भिडियो सामग्रीमा घटनाको कारणदेखि डोजर लगाएर जस्तापाताको भत्काउँदा र त्यसपछि धुर्मुस, सुन्तली र स्थानीय बासिन्दाले बोलेका कुरा जस्ताको त्यस्तै समेटेका छौं । हेर्नुहोस् माथिको विशेष भिडियो रिपोर्ट ।
