समाचार
निर्माणधीन रंगशालामा डोजर चलाएको विषयमा मिना ढकाल सुन्तलीमाथि नै यसरी खनिएपछि : हेरौं
सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को व्यक्तिगत महत्वकांक्षाका कारण चितवनको भरतपुर महानगरपालिकाभित्र बनाउन लागिएको भनिएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ विवादमा परेको छ । रंगशाला बन्न लागेको स्थानमा जाने सडक बनाउने विषयमा विवाद हुँदा स्थानीयले ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ले रंगशाला निर्माणस्थलमा लगाएको बार भत्काइदिएपछि विवाद बाहिर आएको छ ।
चर्चापरिचर्चा भै रहेकै बेला चर्चित हास्यकलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले कुञ्जना घिमिरे उर्फ सुन्तलीमाथि गम्भीर प्रश्न उठाएकी छन् । तर सुन्तलीको बोल्ने शैलीले गर्दा सुन्तली पनि विवादमा परेकी छिन् । राष्ट्रिय रुपमा ख्यातीप्राप्त र नेपाली जनताले आदर्श मानेका व्यक्तीले स्थानिय जनतालाई सार्वजनिक रुपमै देशद्रोही र अपराधी भन्नु सर्वथा गलत भएको ढकालले फेसबुकमार्फत टिप्पणी गरेकी हुन् । मिना ढकालले लेखेको स्ट्याटस जस्ताको तेस्तै हेर्न सक्नुहुन्छ ।





