uncategorized

संखुवासभाका सबै स्थानीय तहमा बैंक

संखुवासभा : संखुवसभाका १० वटै स्थानीय तहमा बैंक सेवा पुगेको छ। स्थानीय तहमै बैंक सेवा पुगेपछि सेवाग्राही सदरमुकाम आउनुपर्ने बाध्यता हटेको छ। जिल्लाको सबैभन्दा विकट भोटखोला गाउँपालिकामा ग्लोबल आईएमई बैंकको शाखा स्थापना गरिएसँगै जिल्लाका सबै तहमा बैंक पुगेको छ। गाउँगाउँमा पुगेका बैंकका शाखा कार्यालयमा आर्थिक कारोबारसमेत सुचारु भएको छ। सदरमुकाम खाँदबारी र चैनपुर  बजारमा दर्जनभन्दा बढी बैंकहरु संचालित  भए पनि दुर्गम गाउँहरुमा स्थापना हुन सकेको थिएन। राज्यले सबै स्थानीय तहमा बैंकको स्थापना गर्नुपर्ने बाध्यकारी नीति ल्याएपछि दुर्गम बस्तीहरुमा पनि बैंकको शाखा स्थापना गरिएको छ। यो व्‍यवस्थापछि भोटखोला गाउँपालिकामा ग्लोबल आईएमई बैंक, पाँचखपन नगरपालिकामा नेपाल बंगलादेश बैंक, सभापोखरी गाउँपालिकामा प्राइम बैंक र धर्मदेवी नगरपालिकामा एसविआई बैंकले शाखा स्थापना गरेका छन्। त्यस्तै, मादी नगरपालिकामा हिमालयन बैंक, चिचिला गाउँपालिकामा सेन्चुरी कमर्सियल बैंक, मकालु गाउँपालिकामा सिद्धार्थ बैंक र सिलिचोङ गाउँपालिकामा एभरेष्ट बैंक स्थापना गरिएको भएको छ। स्थानीयहरूलाई विभिन्न बैंक कारोबारको लागि सदरमुकाम आउनुपर्दा समयसँगै रकमसमेत खर्चिनुपर्ने बाध्यता हटेको छ। गाउँमै बैक सेवा संचालन भए पछि ४ दिन लगाएर सदरमुकाम आउने विकट भोटखोलाबासीको बाध्यता हटेको छ। स्थानीय तहमा बैंक नहुँदा  विकासे योजनाको खाता सञ्चालन गर्न, कार्यालयको आर्थिक कारोवार गर्न समस्या रहेको थियो।  गाउँमा बैंक पुगे पनि सञ्चारमा असुविधा भएको कारण सेवा प्रबाहमा चुनौती रहेको कर्मचारीको गुनासो छ। दुर्गम क्षेत्रमा विद्युत् र इमेल इन्टरनेटको सुविधा नभएको कारण सर्भर सञ्चालनमा समस्या रहेको उनीहरूको गुनासो छ।  द्रुत गतिको इमेल इन्टरनेट नहुँदा कारोबारमा समस्या रहेको एभरेस्ट बैंक सिलिचोङ शाखाका प्रबन्धक विवेक कार्कीले बताए। 
Read more at: 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *