uncategorized
कलुवापुरका महिलाहरुलाई आइपिएम नर्सरी व्यवस्थापन तालिम पश्चात उन्नतजातको तरकारीको बीउ वितरण
कञ्चनपुर, १४ जेठः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका महिलाहरुलाई आइपिएम नर्सरी व्यवस्थापन तालिम पश्चात उन्नतजातको तरकारीको बीउ वितरण गर्दै कृषि शाखाका प्रमुखलगायत । वडा कार्यालयको सहयोग तथा किसोरकिसोरी उत्थान बहुउद्देश्यीय सहकारी संस्थाको समन्वयमा टोलटोलमा महिलाहरुलाई भेला गराई स्थानीयस्तरमै पाईने वनस्पतिको सदुपयोग गर्दै जैविक बिषादी बनाउने र तरकारीको नर्सरी तयार गर्ने तालिम प्रदान गरिएको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु । रासस

