uncategorized
ट्राफिककै मोटरसाइकल चोरेर भाग्दा जाममा परे चौधरी
काठमाडौँ स् मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका–१ का नितेश चौधरी रहेका छन् । चौधरीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ अगाडिबाट चोरी भएको मोटरसाइकलसहित बुधबार पक्राउ गरिएको हो ।
बुधबार दिउँसो करिब २ बजे ट्राफिक विराटनगरमा कार्यरत ट्राफिक प्रहरी हवल्दारको बा ११ प ५५७८ नम्बरको हिरो होण्डा मोटरसाइकल चोरी भएकोमा प्रहरीले अप्रेशन चलाई पश्चिमतर्फको बाटो हुँदै गुद्री बजार पुगेपछि मोटरसाइकल सहित चौधरीलाई पक्राउ गरिएको हो । प्रहरीले मोटरसाइकलको पिच्छा गरेको चाल पाएपछि द्रूत गरिमा कुदेका चौधरी जाममा परेपछि पक्राउ परेका हुन् ।
