uncategorized

आक्रामक बघीनी लाई नियन्त्रणमा लिईयो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आज दिउँसो नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै शुक्रबार साँझ नेपाली सेनाका पियूठलाई आक्रमण गरेको अन्दाजी नौ वर्षको पोथी बाघलाई नियन्त्रणमा लिइएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सो बाघलाई नियन्त्रणमा लिई घडीयाल प्रजनन् केन्द्रको आडमा रहेको काठको खोरमा राखिएको छ । बाघले कार्यक्षेत्रमा रहेका वटुकदल गणका पियूठ फैजाराज विकलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट विक गम्भीर घाइते भएका छन् । घाइते विकलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । बाघले विकलाई निकुञ्जको मुख्य कार्यालयबाट करीब १५० मिटर टाढा आक्रमण गरेको थियो । खोरमा राखिएको बाघको गतिविधि हेर्नका लागि सिसी क्यामेरा जडान गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *