uncategorized
खैरो तथा सेतो कुन अण्डाले पुर्याउँछ स्वास्थ्यलाई फाइदा ?
अण्डा एउटा यस्तो सुपरफुड खाना हो जसमा प्रोटिन, क्याल्सियम, ओमेगा ३, फैटी एसिड भिटामिन ए र बी भरपूर मात्रामा पाइन्छ । दिनहुँ खण्डा खानाले गम्भीर रोग लाग्नबाट मान्छेलाई जोगाउँछ । अण्डा खानाले हड्डी मजबुत बनाउँछ । तर, धेरै मानिसलाई खैरो र सेतोमध्ये कुन चाहिँ अण्डा स्वस्थकर हुन्छ भन्ने जिज्ञासा उठिरहन्छ ।
खैरो र सेतो दुवै अण्डामा धेरैपटक अनुसन्धान भइसकेको छ । जसमा दुवै अण्डामा त्यस्तो तात्विक अन्तर र फरक केही पाइएन । दुवैको फाइदा, गुणस्तर र आकार एउटै हुन्छ । यतिसम्म कि दुवैको पोषण तत्व पनि एकै नासको हुन्छ । खैरोमा सेतो अण्डाभन्दा थोरै बढी ओमेगा ३ फैटी एसिड पाइन्छ ।
खैरो र सेतो अण्डामा के फरक छ ?
डाइटिसियनका अनुसार अण्डा दुई किसिमको हुन्छ । एउटा, लोकल अर्को पोल्ट्री । लोकल अण्डा खैरो हुन्छ । पोल्ट्री फर्मको अण्डा सेतो हुन्छ । खैरो अण्डा सेतोभन्दा बढी स्वस्थकर हुन्छ । त्यसैले धेरै मानिस लोकल अण्डा खान मन पराउँछन् ।
खैरो अण्डामा प्रोटिन, कोलेस्ट्रोल र क्यालोरी धेरै पाइन्छ । त्यसैले लोकल अण्डा अलि महँगो हुन्छ । एक अध्ययनका अनुसार सबै अण्डाको साइज र रंग तथा पौष्टिक रूपमा पनि एकै किसिमका हुन्छन् । सबै अण्डामा एकै किसिमका भिटामिन, मिनरल, प्रोटिन र क्यालोरी पाइन्छ । अण्डाको रंगले उसको पौष्टिक तत्वमा कुनै असर गर्दैन ।
अण्डा कसरी छान्ने ?
अण्डाको रंगले उसको पौष्टिक तत्वमा फरक नपरे पनि कुखुराको खानाले अण्डाको पौैष्टिकतामा भने असर गर्छ । घाम लाग्ने ठाउँमा रहेका कुखुरा र सबै प्रकारका खानेकुरा खाने कुखुराको अण्डामा सबै पोषक तत्व पाइन्छ । जबकि अँध्यारो ठाउँमा राखिएको र सही आहार र दाना नपाउने कुखुराको अण्डामा पोषक तत्व कम पाइन्छ ।
अन्डाको सेतो भाग खानुहोस्, पहेँलो भन्दा यसका फाइदै फाइदा छन्
भरपूर प्रोटिन पाइने अन्डामा सेतो र पहेँलो भाग हुन्छन् । धेरैले ठानेका हुन्छन्, अन्डाको सेतोभन्दा पहेँलो भाग खानु लाभदायी हुन्छ । तर, यो सोचाइ गलत हो । बरु, पहेँलो छुट्याएर सेतो भाग मात्रै खानुस्, यस्ता फाइदा हुन्छन् । शून्य कोलेस्ट्रोल अन्डाको सेतो भागमा कोलेस्ट्रोलको मात्रा हुँदैन । एउटा अन्डामा हुने १८० मिलिग्राम कोलेस्ट्रोल पहेँलो भागमा मात्रै हुन्छ । तपाईं मधुमेह रोगी हुनुहुन्छ भने सेतो भाग मात्रै खाने गर्नुस् । आवश्यक प्रोटिन अन्डाको सेतो भागमा प्रोटिनको मात्रा पर्याप्त हुन्छ । एउटा अन्डाको सेतो भागमा चार मिलिग्राम प्रोटिन हुन्छ ।
सेतो भाग सेवन गरिसकेपछि कोलेस्ट्रोल हुने पहेँलो भाग खानुपर्ने आवश्यकता पर्दैन । सेतो भागमा अमिलो एसिडको मात्रासमेत प्राप्त हुने भएकाले शरीरको मांसपेशीलाई सन्तुलित बनाउन मद्दत गर्छ ।
न्यून क्यालोरी स् अन्डाको सेतो भागमा क्यालोरीको मात्रा कम हुन्छ । त्यसैले ब्रेकफास्टका लागि सेतो भाग उत्तम हुन्छ । एक अन्डामा झन्डै ७० क्यालोरी हुन्छ । जसमध्ये सेतो भागमा आधाभन्दा पनि कम हुन्छ । तर, तपाईं तौल घटाउन डाइटिङ प्रक्रियामा हुनुहुन्छ भने पूरै अन्डा खाए पनि खराब गर्दैन । बोसोरहित अन्डाको सेतो भागमा बोसोको मात्रा निकै कम हुन्छ ।
यसमा जम्मा पाँच मिलिग्राम फ्याट हुन्छ ।
उचित खनिज अन्डाको सेतो भागमा खनिजको मात्रा भरपूर हुन्छ । यसमा पोटासियम, सेलेनियम, फोलेट, क्याल्सियम, फस्फोरसको उचित मात्रा हुन्छ । अन्डाको सेतो भाग मात्रै खानाले ब्लडप्रेसर नियन्त्रण गर्नुका साथै शरीर स्वस्थ रहन्छ ।
फ्रिजमा राखेको अन्डा खादा स्वाथ्यलाई हुने नराम्रो असर
धेरै जसो हामी खानेकुरा ताजा राख्न फ्रिजको प्रयोग गर्छौं तर हामीलाइ थाहा छैन कि फ्रिजमा राखेको खानेकुराहरुले काँही न काँही हाम्रो स्वाथ्यमा नराम्रो असर परिरहेको हुन्छ । त्यसै गरी अन्डा पनि फ्रिजमा राख्छौं । तर, अन्डालाई फ्रिजमा राख्नु उपयुक्त हुँदैन । फ्रिजमा अन्डा स्टोरेज गर्दा फाइदा होइन, नोक्सानी हुन्छ ।

