uncategorized

सानो घर, एउटा साइकल, सामान्य जीवनशैली अंगालेका नागरिक जसले अर्बपतिलाई चुनावमा हराए !

काठमाडौँ । सानो घर, एउटा साइकल, एक सामान्य जीवनशैली अंगालेका नागरिक, साइकल मार्फत चुनाव प्रचार अनि चुनाव पछि पनि उस्तै जीवन शैली। चुनावमा विपक्षीका अर्बपतिलाई भारी मतान्तरले पराजित गर्ने व्यक्ति पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्मा अटाएका छन् ।मोदीको ५७ सदस्यीय मन्त्रिपरिषद्मा उनले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

जसको चर्चा संसारभर हुन थालेको छ किनकी अति सामान्य जीवन शैलीका उनका विभिन्न तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन । उनी हुन् भारतीय जनता पार्टीको तर्फबाट बाला सोर लोकसभा सीटमा विजयी भएका प्रताप चन्द्र सारङ्गी । जब उनले राज्य मन्त्री पदका लागि शपथ लिन मञ्चमा उपस्थित भए, तब सभाहल तालीको गड्गडाहटले भरियो ।

उनी ओडिशा राज्यका मोदीको रूपमा पनि चिनिन्छन् । सामान्य जीवनशैलीका सारङ्गीले बीजेडीका सांसद एवं अरबपती उम्मेद्वार रवीन्द्रकुमार जेनालाई भारी अन्तरले पराजित गरेका थिए । अटो रिक्सा मार्फत उनले र्‍याली निकालेका थिए । भारतको खर्चिलो चुनाव मा उनले पैसा खर्च नगरिकनै चुनाव जितेका हुन्।

चुनावपछि पनि उनी झोला बोकेर उनी सामान्य नागरिक जस्तै सडकमा हिँड्छन् । सन् २००४ र सन् २००९को चुनाव पनि उनले त्यसै गरी जितेका थिए । सानो घर, एउटा साइकल उनका साथी हुन । मोदी जस्तै सन्न्यासी जीवनशैलीका कारण उनी भारतमा मात्र नभएर अहिले संसारभर चर्चामा छन्

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *