uncategorized

सानैदेखि बा-आमाको छत्रछायाँबाट बन्चित मुटु रोगी अश्मि मृत्युसँग लड्दै

झापा घर भएकी अस्मि विश्वकर्मालाई मुटु रोग लागेको छ। उनी आफु बाच्न चाहेको भन्दै सहयोगको याचना गरिरहेकी छिन्। उनलाई जन्मजात नै मुटुको रोग थियो। उनी १० वर्षको हुँदा उनको बाबा दैवको प्यारो भए भने उनकी आमाले उनी सानै छँदा छोडेर गएकी थिइन। बाबुआमाको छत्रछायाँ नपाएकी उनले ६ कक्षा पढ्दा-पढ्दै बन्द गर्न बाध्य भईन। पढेर ठुलो बन्ने रहरबाट उनी बन्चित भईन।

अस्मिका बाबु खसेको केहि वर्षपछि छाडेर गएकी आमा भेट्न आइन। तर पछि पनि उनले छोरीलाई छाडेर गईन र उनी आफ्नो ठुलोबुबासँग बस्न थालिन। उनलाई मुटुको रोगले चाप्यो। उनलाई रिगंटा लाग्ने, रगत बान्ता हुने र टाउँको दुख्ने गर्छ। विराटनगरमा उपचार गराउँदा बेड खाली नहुँदा नोबल लगियो। त्यहाँ १५ लाख लाग्छ काठमाडौँको टिचिङ्ग लान सल्लाह दिए। सो बमोजिम उनलाई आफन्तले टिचिङ्ग पुराए। जन्मदिने आमा देखि मामाघर सबैले यस्तो बेलामा उनलाई वेवास्ता गरेको भन्दै उनी चित्त दुखाउछिन्।

उनको मुटुको अप्रेशन चाडै गर्नु पर्ने भएको छ तर पैसाको जोहो हुन् सकिरहेको छैन। उनी गह भरी आशु लिँदै भन्छिन, ”बाबा भएको भए मलाई जसरी पनि बचाउनु हुन्थ्यो। बाबुआमा नहुनेलाई विरामी त हुनुनपरोस केहि गरेर खान त सकिन्छ नि।” हाल गंगालाल अस्पतालमा उपचार्थ उनले आफु बाच्न चाहेको कारण १ रुपैया सहयोग गरे पनि लाख हुने बताउंदै हात जोड्दै सहयोगको याचना गरेकी छिन्।

तपाईहरुको सानो सहयोगले अस्मिको जीवन बचाउन सकिन्छ। त्यसैले उनको उपचारको लागि सक्दो सहयोग गरिदिनु हुन हामी पिएनपिखबर परिवार विनम्र अनुरोध गर्दछौ। सहयोग गर्न चाहनुहुने महानुभावहरुको लागि विरामी कै नाममा सेन्चुरी बैंकमा रहेको खाता नं. s५५७०३६३६३५५२४०१ मा सहयोग वा मोबाईल नं.९८२३२४४३७७ सम्पर्क गर्न सक्नुहुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *