uncategorized

सरकारी भवनमा अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको एक सरकारी भवनमा अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । अमेरिकाको भर्जि्निया स्थित एक सरकारी भवनमा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदो सो हताहती भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दैै अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

भर्जि्निया बिच म्युनिसिपल सेन्टरको भवनमा गोलीकाण्ड भएको हो । आरोपित आक्रमणकारी सोही कार्यालयमा लामो समयदेखि कार्यरत कर्मचारी रहेको प्रहरीको दाबी छ । यद्यपी आक्रमणकारीको परिचय खुलाइएको छैन, तर जवाफी कारवाहीको क्रममा उनको ज्यान गएको प्रहरीले उल्लेख गरेको छ । घटना नेपाली समय अनुसार शनिबार बिहान पौने दुई बजे भएको हो ।

घाइते ६ जनामा प्रहरी अधिकारी पनि सामेल छन् । अन्धाधुन्ध गोली चलाएको थाहा पाएर पुगेको प्रहरीमाथि पनि ती व्यक्तिले गोली चलाएको र जवाफी कारवाहीमा उनी मारिएको स्थानीय प्रहरी प्रमुख जेम्स सेर्वेराले बताएका छन् । प्रहरीका अनुसार घटनामा एकजनाको मात्रै संलग्नता थियो र यसको उद्देश्य भने थाहा भएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *