uncategorized

सुनकोशी डाइभर्सन राष्ट्रिय गौरवका आयोजनामा समावेश,२ अर्ब ५ करोड बजेट विनियोजित

सिन्धुली, १५ जेष्ठ । लामो समयदेखि चर्चामा रहेको सुनकोशी–मरिण डाइभर्सन परियोजना सुरु हुने भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ को शीतलपाटी खाल्टेमा बाँध बनाएर सुनकोशी नदीमा बाँध बाँधेर सुरुङमार्फत पानी मरिणमा खसाउने परियोजना सफल हुने भएको छ ।

सुनकोशी–मरिण डाइभर्सनलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउने भएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ वर्षको बजेटमा सुनकोशी डाइभर्सनका लागि दुई अर्ब पाँच करोड रुपियाँ विनियोजन गरेको छ ।

दुई नम्वर प्रदेशको मध्य तराईका चार जिल्ला बारा, रौतहट, महोत्तरी र सर्लाहीमा सिंचाई सुविधा दिनेको लागि सुनकोशी–मरिण डाइभर्सन निर्माण गर्न लागिएको हो ।

६६ मिटर हेटडबाट पानी झारेर ४३ मेगावाट विद्युत उत्पादन सहित एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्नुका साथै मरिण उपत्यकामा पनि सिँचाइ सुविधा उपलब्ध हुनेछ ।

आयोजनाको डीपीआर लभगभ तयार भएको छ । सुनकोशीमा बाँध बाँधेर १३ किलोमिटर लामो सुरुङमार्फत् सिन्धुलीकै मरिणखोलामा पानी झारिने छ । आयोजनाको निर्माण अवधि पाँच वर्ष लाग्ने अनुमान गरिएको छ ।

गत मंसिर ४ गते ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढाउने घोषणा गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *