uncategorized
इटहरीमा कुकुर सहितको ‘सप्राईज चेकिङ’
इटहरी / इटहरी उपमहानगरपालिका परिसरमा एका बिहानै कुकुरसहित प्रहरीको टोली तैनाथ भएको देखेर स्थानीय एवं कर्मचारी शंसंकित बने। क्षणभरमै भिड लाग्यो । स्थानीय र कर्मचारीले कतै उपमहानगरपालिकामा बम त भेटिएन भनेर अनुमान लगाए। प्रहरीको टोलीले उपमहानगरपालिकाको सबै कार्यकक्षमा कुकुरमार्फत ‘सर्च’ गरायो। मेयर उपमेयरको कार्यकक्षदेखि शौचालयसँगै ६ नम्बर वडा कार्यालयसमेतको कोठाहरुमा कुकुरले सर्च गरेपछि मात्र प्रहरीले ‘सप्राईज चेकिङ’ भएको खुलासा ग¥यो। संघीय प्रहरी कार्यालय कोशी धरानको कुकुरसहितको टोलीले इटहरीमा उपमहानगरपालिकासँगै अन्य स्थानमा पनि यस्तो सप्राईज चेकिङ गरेको थियो।
इटहरीको बसपार्क, बुढी खोला, टेंग्रा खोलाको पुल र सडक आसपासमा समेत प्रहरीले यस्तो चेकिङ गरेको थियो। कुकुरसहितको सप्राईज चेकिङको बिषयमा इटहरीका प्रहरी नायव उपरिक्षक(डिएसपी) समिरचन्द्र खरेलले अपराध न्यूजलाई भने ‘यो हाम्रो सप्राईज चेकिङ हो’।
काठमाडौलगायतका स्थानहरुमा केही दिनअघि विप्लव समुहले बम आतंक मञ्चाएपछि देशभर प्रहरीले यस्तो चेकिङ शुरु गरेको डिएसपी खरेलले बताएका छन्। बिशेष गरी सरकारी कार्यालय, सार्वजनिक स्थान र भिडभाड जन्य स्थानमा प्रहरीले तालिम प्राप्त कुकुरको माध्यमबाट ‘खर्च’ अभियान चलाएको खरेल बताउँछन्। देशको पछिल्लो सुरक्षा संम्वेदनशिलतालाई मध्यनजर गरेर हेडक्वाटरको निर्देशन अनुसार यो अभियान सञ्चालन भएको डिएसपी खरेलले बताए। खर्च एण्ड चेकिङमा खटिएका कुकुरले बिस्फोटर पदार्थ सुघेर पत्ता लगाउने गरेका छन्।
