uncategorized
बीच बाटोमा चालकसंग कुटाइ खाएर भाइरल भएकी महिला आइन मिडियामा के भन्छिन हेरौं !
यतिबेला सामाजिक संजालमा चालकबाट महिला यात्रु कुटिएको भिडियो भाईरल बनेको छ । बास्तबिकता के हो भन्ने कुरा प्रहरीको अनुसन्धान पछि थाहा होला तर भिडियोमा देखिए अनुसार धेरैले चालकलाई दोषी देखेका छन । शुक्रबार दउँसो महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको गाडीका चालक गोकुल बोहराले महिलालाई दुब्र्यबहार गर्दै कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले चालक बोहराले गाडी भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुर्व्यवहार गर्दै लक्ष्मी धनाडीलाई कुटपिट गरेपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनले धनगढीदेखि महेन्द्रनगर सम्मको १ सय ४० रुपैयाँ भाडादर रहे पनि चालकले २ सय रुपैया मागेको तर महिलाले बढी भाडा दिन नमानेपछि गाली गलौज गर्दै कुटपिट गरेको बताए । महिलाले दिएको उजुरी दिएकी छिन् ।
महिला भन्छिन उँ व्यक्ति राक्षस हो मैले हात न छाड्नु भन्दा पनि उस्ले हात छोडो मेरो नजरमा उँ राक्षस नै हो । घरदेखि राम्रो संस्कार न पाएको व्यक्ति हो त्यो । महिलाको सम्मान गर्न न जान्ने व्यक्ति उँ एक आमा बाट नजन्मिएको रहिछ ।
