uncategorized
फ्रान्सबाट फर्के लगत्तै ड्रेस विवाद र कन्ट्रोभर्सी बारे यस्तो कडा प्रतिक्रिया दिइन् प्रियंका कार्कीले
काठमाडौं – नेपाली अभिनेत्री प्रियंका कार्की विश्वकै चर्चित फिल्म फेस्टिभलको रुपमा चिनिएको ‘कान्स फिल्म फेस्टिभल २०१९’ मा सहभागीता जनाएर स्वदेश फर्किएकी छिन् । फ्रान्समा आयोजना भएको ७२ औँ ‘कान्स फिल्म फेस्टिभल’ मा नेपालले पहिलो पटक प्रतिनिधित्व गर्ने मौका पाएको थियो । उक्त फेस्टिभलमा विश्वभरबाट छानिएका धेरै कलाकारहरु सहभागी भएका थिए । नेपालको तर्फबाट कान्समा सहभागिता जनाएकी अभिनेत्री प्रियंका रेड कार्पेटमा निकै सुन्दर देखिएकी थिइन् । उनले त्यहा हलिउड देखी बलिउडका सेलिब्रेटीलाई समेत भेटेकी थिइन् ।
एक अन्तरबार्तामा उनले बलिउडका चर्चित अभिनेत्रि दिपिका पादुगोण, अभिनेत्रि प्रियंका चोपडा, सोनाम कपुर लगायतका कलाकारलाई भेटेको बताएकी छिन् । कान्समा भारतको सहभागीता बढ्दै गएकोले भारतलाई कान्समा सबैले राम्रो सँग चिनेको अभिनेत्रि प्रियंकाले बताएकी छिन् । तर नेपाललाई चिनाउन अहिले देखि नै कसरी र के गरेर हुन्छ आफु लागी पर्ने बताएकी छिन् । कुराकानीमा उनले कोहि पनि नपुगेको ठाउँमा आफु गएर देख्न पाउदा धेरै खुशि लागेको बताएकी छिन् ।
