uncategorized
इटहरी स्थित दुर्गा मेडिकल हलबाट ठुलो परिमाणमा लागुऔषध बरामद
इटहरी / लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरले इटहरीको एक मेडिकल हलबाट ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ । इटहरी २ शान्तिनगरस्थित दुर्गा मेडिकल हलबाट लागुऔषध बरामद गरेको हो ।
सुनसरी देवानगञ्ज गाँउपालिका ७ बस्ने बिकास थान्दारले संञ्चालन गर्ने मेडिकल हलबाट ब्यूरोले नाईट्राभेट ३ हजार चक्की, लुपिजेसिक १ सय ९९ एम्पुल, फेरागन १९६ एम्पुल र डाईजेल्याव १९३ एम्पुल बरामद गरिएको हो । लागुऔषध सहित मेडिकल हलका संञ्चालक थान्दारलाई समेत पक्राउ गरिएको छ । बरामद लागुऔषध र संञ्चालकलाई इलाका प्रहरी कार्यालय इटहरी ल्याइएको छ । ब्यूरो स्रोतका अनुसार थान्दारले मेडिकल हलबाटै लागुऔषध बिक्री गदै आएको सुचनाको आधारमा छापा मारेको बताइएको छ ।
