uncategorized
कतारी युवाले चढे २४ घण्टामा सगरमाथा र ल्होत्से हिमाल !
काठमान्डौ: कतारी युवा फहद बदर विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो शिखर ल्होत्से आरोहण गर्ने पहिलो अरबी बन्दै इतिहास रचेका छन् ।बिभिन्न क्षेत्रमा विशेषगरी खेलकुदमा कतारको लागि इतिहास रच्ने क्रममा उनले आफ्नो एउटै यात्रामा २४ घण्टा भित्र ती दुर्इ हिमाल चढेका हुन् ।“सगरमाथा आरोहण गर्ने बदर दोस्रो र एकैपटक दुर्इ हिमाल चढ्ने पहिलो अरबि बनेका छन् ”
संस्कृति तथा खेलकुद मन्त्रालयले आफ्नो ट्विटरमा लेखेको छ । यसअघि उनले ती दुर्इ हिमालमा कतारी झण्डा फहराउने बताएका थिए । सगरमाथा चढ्ने पहिलो कतारी नागरिक भने शेख मोहम्मद अल थानि रहेका छन् । त्यस्तै सगरमाथाको सफल आरोहण गर्ने प्रथम ओमानी महिलालाई नेपाली दूतावास ओमानले स्वागत तथा सम्मान गरेको छ ।
सर्वोच्च सगरमाथाको सफल आरोहण गर्नुभएकी ओमानी महिला नादिरा अल हार्थीलाई ओमानमा स्वागत गर्दै दूतावासले सम्मान गरेको हो। मे २३ (बिहीबार) का दिन सगरमाथा आरोहण गर्नुभएकी हार्थीलाई मस्कटमा रहेको अन्तरास्ट्रिय विमानस्थल मै पुगेर ओमान का लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र उहाँका श्रीमान विमल ढकालले नेपाली ढाका टोपी र नेपाली ढाका खाष्टो ओढाएर विशिष्ट कक्षमा सम्मान गर्नुभएको नेपाली दूतावास ओमानले जनाएको छ ।
ओमानी महिलाले सगरमाथा चढ्नु दुई देशीय सम्बन्धमा थप प्रगाढता थपेको र नेपालको पर्यटन विकासमा थप सहयोग पुग्ने ओमानका लागि राजदुत शर्मिला पराजुली ढकालले बताउनुभयो । यसअघि सन् २०१० को मे २३ मै पहिलो ओमानी पर्वतारोही खालिद अल शियाबीले सगरमाथा आरोहण गर्नुभएको थियो । शियाबीको ४६ वर्षको उमेरमा गएको वैशाखमा हृदयघातका कारण ज्यान थियो ।
प्रतिक्रिया दिनुहोस्

