समाचार
लागूऔषध सहित १ पक्राउ
सुनसरी / सुनसरीको ईटहरी उप-महानगरपालिका-९ हस्पिटल चोकबाट प्रहरीले लागूऔषध सहित सोमवार १ जनालाई पक्राउ गरेको छ । लागूऔषध
नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सोही नगरपालिका बस्ने बर्ष २८ को सुरज सापकोटालाई पक्राउ गरेको हो ।
दिउँसो २ बजे शंकास्पद अवस्थामा हिडिरहेका सापकोटालाई चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको लागूऔषध नाईट्रोसन ट्याब्लेट-१ सय
३६ चक्की र डाईलेक्स डि.सी. ४ बोतल बरामद गरेको थियो । लागऔषध सहित पक्राउ परेका सापकोटालाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि
थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।



