uncategorized

हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ / पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुन भएकाले लगातार झरी नहुने र तुलनात्मक पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा बढी वर्षा हुने देखिएको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । पश्चिम क्षेत्रमध्ये पोखरामा मौसम बदली हुनेछ ।

पश्चिमी वायुको प्रभावसँगै केही पूर्वी वायुको पनि मिश्रण रहेकाले बुधबारदेखि मुलुकका विभिन्न स्थानमा बढी वर्षा भएको जानकारी दिँदै उहाँले पश्चिम तराईमा झण्डै १५ दिनदेखि जमीन तातेकाले शनिबारदेखि मौसममा बदली भई वर्षाको सम्भावना रहेको बताउनुभयो । पछिल्लो २४ घण्टाको मौसमी तथ्याङ्क हेर्दा काठमाडौँमा सबैभन्दा बढी ११ मिलीमिटर वर्षा भएको छ ।

शनिबार र आइतबार पनि देशैभरिको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्यभागका केही र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया जुन १० बाट मनसुन शुरु हुन्छ । तर यस समयबाहेक अगाडि पछाडि हुनसक्ने महाशाखाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *