uncategorized
आजबाट खुल्याे चारवर्षसम्म बन्द भएकाे ताताेपानी नाका !
काठमाडाैं । ०७२ काे भूकम्पपछि चारवर्षसम्म बन्द भएकाे ताताेपानी नाका मंगलबारबाट संञ्चालनमा आएकाे छ । आज बिहान ४ वटा खाली कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेकाे हाे ।सोमबार दश जना लोडर र कन्टेनरलाई नाकाकाे पास दिइए पनि चीन पक्षबाट सहमतिको खबर आएपछि नाका सञ्चालन गरिएकाे भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए ।
नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडक हुँदै खाली कन्टेनर गएका हुन्। बुधवार चार वटा कन्टेनर ऊन लिएर नेपालमा नाका खुलेको संकेत दिँदै सो सामाग्री राजधानी पुर्याइनेछ। नेपालतर्फ नयाँ भवन नबनेका कारण अध्यागमन, भन्सार चेकपोष्ट र सीमा सुरक्षाको कार्यालय मितेरी पुल नजिकै रहनुपर्ने कारणले पुरानै भवन प्रयोगमा ल्याइनेछ ।
नाकाबाट बर्सेनी १५ हजारभन्दा बढी पर्यटक नेपाल–चीन आउनेजाने गर्थे । वर्षेनी २० अर्बको आयात र ३ अर्बको निर्यात हुने नाकामा बल्ल चहल पहल सुरु हुन थालेको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेद बहादुर श्रेष्ठले बताए । यहाँ पर्यटकीय चहल पहल र आवत जावत समेत नहुँदा आसपासका होटल व्यवसायी मर्कामा थिए । नाका सञ्चालनमा आएसँगै यस क्षेत्रमा बेग्लै रौनक र उत्साह देखिएको छ ।


