uncategorized
सर्लाहीमा स्थानीयले उम्मेदवारलाई गाउँ छिर्न दिएनन्

काठमाडौ ,
प्रतिनिधि सभा क्षेत्र नम्बर २ सर्लाहीको कौडेनि गाउपालिका ३ का जनताले उमेदवारलाई गाउँ छिर्न निषेध गरेका छन् । मंसिर ४ गते हुने निर्वाचनमा चुनावी प्रचार प्रसारमा गएका नेता र तिनका कार्यकर्तालाई गाउँमा छिर्न नदिने भन्दै विराेध गरेका छन् ।
जुन नेता आए पनि गाउँको विकास चासाे नदिएकाले विराेध गरिएको हो । स्थानीयले नाे राेड ,नाे भाेेट लेखेको प्ले काड बाेकेका छन । उनिहरुले वर्षौ देखिकाे हुलाकि राजमार्ग पिच नभएको र गाउँका अन्य बाटो पनि धुलाम्य र हिलाम्मे हुदा जनताले सास्ती भाेग्नु परेको बताएका छन्।
कौडेनि गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पचु चौधरी काे अगुवाइमा स्थानीयले टायर बालेर अवराेध गरेका हुन् । नेता झ्याल लगाएर गाडिमा हिडछन्। हामिले वर्षौ देखि धुलाे खानु परेकाे छ भन्दै स्थानीय मनाेज पासवानले आक्राेस व्यक्त गरेका छन्।
याे क्षेत्र राजेन्द्र महताे , महेन्द्रनारायण यादव लगायत १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हाेमिएका छन् ।
