uncategorized
भारतमा आँखै अगाडी पति र छोरालाई रेलले किचेर ज्यान लियो यो नेपाली परिवारको, डम्बरकुमारीको अवस्था गम्भिर
काठमाडौँ । एकै परिवारका ३ नेपालीलाई रेलले किच्दा बाबु र छोराको ज्यान गएको छ भने श्रीमती घाइते भएकी छिन् । घटना हो शनिबारको । शनिबार बिहान ११ बजे भारतको बाघपुल नजीक मङ्पुमा काँकडभिट्टा निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ र उहाँका ११ वर्षीय छोरा रोहनको रेलले किचेर घटनास्थलमै मृत्यु भएको हो । उनीहरु झापाको मेचीनगर नगरपालिका–७ स्थित काँकडभिट्टाका हुन् । दुर्घटनामा इन्द्रका श्रीमती डम्बरकुमारी श्रेष्ठ घाइते अवस्थामा उद्धार गरेर उपचार थालीएको छ । उनको शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको छ । उपचारका लागि डम्बरकुमारीलाई विराटनगरस्थित नोवेल मेडिकल कलेज भर्ना गरिएको इन्द्रका दाजु खेमराजले जानकारी दिए ।
पारिवारिक स्रोतका अनुसार जेठा छोरा १३ वर्षीय रोशुसहित बुधबार इन्द्रको चार जनाको परिवार आफ्न्त भेटघाटका लागि मावली घर टिष्टा पुगेका थिए । बिहानको खाना खाएर रेलको लिक नजीकै रूखको फेदमा शीतल तापेर बसेका इन्द्रलाई तीव्र गतिमा आएको रेलले किचेको र श्रीमती डम्बरी बचाउन जाँदा कान्छो छोरासमेत सँगै पुगेपछि उनीहरुको ज्यान गएपनि आमा र जेठा छोरा भने बाँच्न सफल भएका छन् । यद्यपी डम्बरकुमारी श्रेष्ठको अवस्था भने गम्भिर नै रहेको उपचारमा संलग्न चिकित्सकले जनाउका छन् ।
