समाचार

भ्रष्ट्राचारविरुद्ध सेनाको महाअभियान : आधा करोड हिनामिना गर्ने कर्नेललाई जेल चलान

समयसमयमा नेपाली सेनामा भ्रष्ट्राचार बढेको आरोप लाग्ने गर्दछ । सेनामा भएका कुराहरु सामान्यतया बाहिर आउँन समय लाग्ने गर्दछ । यो बिचमा नेपाली सेनाका लेफ्टीनेन्ट कर्नेल केशवराज कार्की बर्खास्तीमा पर्नुभएको छ ।

सेनाको समरी सैनिक अदालतले भ्रष्टाचार कसुर ठहर भएका कर्नेल कार्कीलाई जागिरबाट बर्खास्त गरेसँगै जेल चलान गरेको हो । राष्ट्रपति चुरे संरक्षण आयोजना अन्तर्गतको पचास लाख रकम भ्रष्टाचार गरेको ठहर गर्दै कार्कीलाई शुक्रबार राति नै जेल चलान गरिएको नेपाली सेनाले जानकारी दिएको छ ।

उदयपुरस्थित कालीसिद्धी गणको प्रमुख रहेका प्रमुख सेनानी कार्कीविरुद्ध राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको भन्दै वैशाख २ गते उजुरी परेको थियो । अदालतले पेस गरेको निर्णय शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरेपछि कार्कीलाई सेवाबाट बर्खास्त गरेर तीन महिना कैद सजाय सुनाइएको हो ।

चुरे संरक्षणअन्तर्गत ताल संरक्षणका लागि प्राप्त बजेटमा घोटला भएको उजुरी प्राप्त भएपछि त्यसबारेमा वैशाख ५ गतेदेखि कोर्ट अफ इन्क्वारी बोर्डले छानबिन गरेको थियो । तपाईलाई जानकारी गराउँ हिनामिना गरेको ४९ लाख कार्कीबाट असुलउपर गर्ने गरी फैसला भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *