बिचार/ब्लग

कैलालीको टीकापुरमा ५५ करोडको खानेपानी आयोजना खानेपानी मन्त्री बिना मगरद्वारा उद्घाटन

एसियाली विकास बैङ्कको ऋण सहयोगमा सञ्चालित कूल ५५ करोड ९२ हजार लागतको उक्त आयोजनाको खानेपानी मन्त्री मगरले उद्घाटन गरेकी हुन् । खानेपानी मन्त्री बिना मगरले कैलाली जिल्ला स्थित टीकापुर खानेपानी आयोजनाको आइतबार उद्घाटन गरेकी छन् ।

जनतालाई प्रशोधित स्वच्छ खानेपानीको सेवा पुर्‍याउने र ढल व्यवस्थापन गर्ने योजनामा मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री मगरको भनाइ छ । विभागका महानिर्देशक सुनिलकुमार दासले आधारभूत खानेपानीको पहुँच पु-याउने कार्यमा उपभोक्ता समितिहरू सँग सधैँ सहकार्य गर्न विभाग तयार रहेको बताउका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालयले सो आयोजना अगाडि बढाएको हो । टीकापुर खानेपानी आयोजनाबाट ५५ हजार ७ सय ५० जनसङ्ख्या लाभान्वित हुनेछन् भने ८ हजार ४ सय १३ घरधुरीले खानेपानी प्रयोग गर्नेछन् । उक्त आयोजनाको काम निर्धारित समय २ वर्ष भित्रै सम्पन्न भएको हो । आयोजनाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले टीकपुरजस्तै देश भरका अन्य नगरपालिका र गाउँपालिकाहरूमा समेत खानेपानी आपूर्ति गर्न मन्त्रालयले गुरुयोजना बनाउन लागेको बताएकी छन् । उनले शत प्रतिशत जनसङ्ख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुर्‍याउन सरकार गम्भीर रहेको स्पष्ट पारिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *