समाचार

अँध्यारोमा बुधसिंह गाउँ

विदुर / नुवाकोटको तारकेश्वर गाउँपालिका–४ सिरानटोल स्थित बुधसिंहको दलित बस्तीमा १० दिनदेखि बत्ती नहुँदा आधा गाउँ नै अन्धकारमा बस्नुपरेको छ । दश दिनदेखि ४ नम्बर कार्यालय परिसर र चन्दनी माथितिरको गाउँ बस्तीमा बत्ती नभएपछि स्थानीय ठूलो मर्कामा परेको गाउँपालिका अध्यक्ष रमेश वस्तीले बताउनुभयो ।

विद्युत् प्राधिकरणलाई पटकपटक जानकारी गराए पनि सो कार्यालयले गुनासोलाई बेवस्ता गरेको उहाँको भनाइ रहेको छ । अध्यक्ष वस्तीले भन्नुभयो, “स्थानीय बासिन्दालाई बत्तीबिना आफ्नो दिनचर्या गर्न साह्रै गाह्रोे भएको छ । धान कुट्न, मकै पेल्न, घरमा साँझमा बत्ती बाल्ने लगायतका कार्यहरुमा कठिन परेको छ ।”

गाउँमा सडक निर्माण गर्दा रुखको हाँगाले तार छिनेको थियो । गाउँका स्थानीय बासिन्दाहरुले नेपाल विद्युत् प्राधिकरण त्रिशूलीमा दिनाँै खबर गर्ने गरेको स्थानीय राम्जी विकले बताउनुभयो । उहाँले समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापालाई समेत भनेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो, “मैले गाउँका बासिन्दाहरु अन्धकारमा छन् भन्ने खबर पाउना साथै नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख सन्तोष कुमारलाई समस्या के हो, कसरी समाधान गर्ने हो गर्नुस् भनेर ध्यानाकर्षण गराएको छु ।” केन्द्रका प्रमुख कुमारले पोल अभावका कारण बुधसिंहमा विद्युत् सेवा अवरुद्ध भएको भन्दै विद्युत् सेवा सञ्चालन हुन केही दिन लाग्ने जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *