बिचार/ब्लग
पशुपतिनाथले सबैको कल्याण गरुन : २०७६ साल जेठ ८ गते बुधबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल !
ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतुः,परिधावी नाम संवत्सर,शाके १९४१,सम्वत २०७६ साल जेठ ८ गते बुधबार नेपाल सम्बत ११३९ वछलागा,सन् २०१९ मे २२ तारिक कृष्णपक्ष चतुर्थी तिथि राती ३ वजेर ११ मिनेटसम्म,पूर्वषाढा नक्षत्र अहोरात्र, साध्ययोग,बवकरण,आनन्दादियोग श्रीवत्स,सूर्य वृष राशीमा,चन्द्रमा धनु राशीमा ।
मुहूर्त – अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३३ वजेबाट मध्यान्ह १२÷२७ वजेसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–विहान १०÷१९ वजेबाट मध्यान्ह १२÷१ वजेसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः– मध्यान्ह १२÷१ वजेबाट अपरान्ह १÷४३ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ६÷५५ वजेबाट ८÷३७ वजेसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–पूर्वान्ह ११÷३३ वजेबाट मध्यान्ह १२÷२७ वजेसम्म रहनेछ ।
बार वेला – सूर्योदयबाट प्रातः ६÷५५ वजेसम्म लाभ वेला,६÷५५ वजेबाट ८÷३७ वजेसम्म अमृत वेला,८÷३७ वजेबाट १०÷१९ वजेसम्म काल वेला,१०÷१९ वजेबाट १२÷१ वजेसम्म शुभ वेला,१२÷१ वजेबाट १÷४३ वजेसम्म रोग वेला,१÷४३ वजेबाट ३÷२५ वजेसम्म उद्वेग वेला,३÷२५ वजेबाट ५÷६ वजेसम्म चर वेला र ५÷६ वजेबाट सूर्यास्तसम्म लाभ वेला रहनेछ ।
बार वेला – सूर्यास्तबाट ८÷६ वजेसम्म उद्वेग वेला,८÷६ वजेबाट ९÷२४ वजेसम्म शुभ वेला,९÷२४ वजेबाट १०÷४२ वजेसम्म अमृत वेला,१०÷४२ वजेबाट १२ वजेसम्म चर वेला,१२ वजेबाट १÷१८ वजेसम्म रोग वेला,१÷१८ वजेबाट २÷३६ वजेसम्म काल वेला,२÷३६ वजेबाट ३÷५५ वजेसम्म लाभ र ३÷५५ वजेबाट सूर्योदयसम्म उद्वेग वेला रहनेछ ।शुभाशुभ
मेषः– कार्य प्रगतिको हिसावले दिन मध्यम देखिन्छ । आम्दानी खर्च बरा वरै जस्तो हुनेछ । बाह्य काममा ध्यान दिदा आफ्ना काम अधुरा रहने छन् । यात्राको योग देखिन्छ । यान्त्रिक कामबाट सामान्य लाभ हुनेछ ।
वृषः– समयले साथ दिने छैन । आशक्ति पन बढ्नेछ । काम गर्दा विचार पु¥याउन सकिएन भने रित्तो हात फर्कनु पर्ला । परिवारमा समस्या आउन सक्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।
मिथुनः– दिन सामान्य अनुकुल देखिन्छ । ढिला नगरि लगनशिल भई गरेका काम सम्पन्न हुनेछन् । देखिने शत्रु भन्दा नदेखिएका शत्रु बढि हुनेछन्,सतर्क भई काम गर्नु होला । गरेका कामबाट आम्दानी बढ्नेछ ।
कर्कटः– रिस,डाहा गर्ने धेरै हुनेछन् काम गर्दा गोपनियता अप्नाउनु होला । व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । भय त्रासले छोड्ने छैन । आहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ ।
सिंहः– तपाई माथि भ्रमको खेति हुनसक्छ सोच विचार काम गर्नु होला । व्यापार व्यवसायमा सन्तोषजनक प्रगति हुने छैन । उच्चमनोबलका साथ काममा लाग्नु होला थोरै सफलता मिल्नेछ ।
कन्याः–घरमा समस्या बढ्ने छन् । अनावस्यक खर्च बढ्नेछ । गरेका काम विवादित हुने छन् । आफुमा भएको उर्जाको सदुपयोग गर्न सकिने छैन । व्यापारमा गिरावट आउनेछ । अलोचना बढ्नेछ ।
तुलाः– काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । साथि भाई इष्टमित्रबाट सहयोग प्राप्त होला । भ्रमलाई चिरेर काम गर्नु होला ।
वृश्चिकः– जाहा पायो त्यहि ऋण लगानी नगर्नु होला डुब्न सक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विश्वास घात हुन सक्छ । सोच विचार योजनाबद्ध काम गर्नु होला थोरै भए पनि उपलब्धि हात लाग्नेछ ।
धनुः– कामलाई निरन्तरता दिनु होला,प्रयत्नपूर्वक गरे काम बन्ने छन् । मनोरञ्जनात्मक काममा खर्च ज्यादा हुनेछ । अरुको भर नपर्नु होला । वित्तिय कारोवारमा सानातिना समस्या देखिने छन् ।
मकरः– दिन आज पनि प्रतिकुल देखिन्छ । पारिवारिक समस्या बढ्नेछन् । व्यर्थका काममा समय खर्च हुनेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । स्वास्थ्यले साथ दिने छैन । फजुल खर्च र झुट्टा आरोप लाग्न सक्छ ।
कुम्भः– सामान्यतया दिन अनुकुल नै देखिन्छ । समयमा गरेका काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ क्षेत्र देखिने छन् । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । पारिवारिक सुख मिल्नेछ ।
मिनः– कुटनैतिक विधि अप्नाएर काम गर्नु होला । लगनशिल भई गरेका काम प्राय सफल हुने देखिन्छ । काम गरेर प्रशस्त धन कमाउने योग पनि छ । परिवारबाट सहयोग पाईनेछ । काम गर्न अल्छि नगर्नु होला “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।
