समाचार
फिल्म ‘जात्रै जात्रा’ ५ वर्षपछि मात्रै युटुवमा आउने
काठमाडौँ- शुक्रबारदेखि प्रर्दशन भएको फिल्म ‘जात्रै जात्रा’ पाँच वर्ष पछि युटुबमा हाल्ने निर्णय निर्माण टिमले गरेका छन् ।जात्राको सिरिज जात्रै जात्रालाई अत्यन्तै मन पराइएको छ । पहिलो फिल्मले बक्स अफिस सफलता हात पारेको थियो ।
निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँले पाँच वर्षपछि मात्रै युटुवमा फिल्म हाल्ने सहमती डिजिटल राइटस् लिएको ओएसआरसँग सम्झौता भएको बताए ।
नेपाली फिल्म अहिले हलमा भन्दा पनि बढि युटुबमा हेरिन्छ । कतिपय फिल्म बक्स अफिसमा फ्लप भएपनि युटुबको ट्रेन्डिंग पर्न सफल छन ।
फिल्ममा प्रदिप भट्टराईले निर्देशन गरेको फिल्ममा वर्षा राउत, विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, कृष्ण भक्त महर्जन लगायत कलाकारहरुको अभिनय रहेको छ ।



